सल्यानमा विस्फाेटक पदार्थसहित विप्लव नेता पक्राउ

सल्यान– विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला समिति सदस्य पदमबहादुर केसी पक्राउ परेका छन् । 

उनलाई प्रहरीको टोलीले दार्मा गाउँपालिका–५, भगेँरी खोलाबाट मंगलबार पक्राउ गरेको हो । उनीसँग रहेको विस्फोटक पदार्थ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, डेटोनेटर, इलेक्ट्रिक डेटोनेटर, सेफ्टी फ्युज, सल्फ्युरिक एसिड, आइइडीमा प्रयोग हुने छर्रा, भोल्टमिटर र ३०३ राइफलको एक राउन्ड गोली बरादम गरिएको छ । 

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । विस्फोटक पदार्थ तथा खरखजानासम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद लिइएको जनाएको छ । 





  • प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार ९:१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया