भारतमा नयाँ नागरिकता कानुनको विरोधः रामचन्द्र गुहादेखि योगेन्द्र यादवसम्म पक्राउ

एजेन्सी– भारतमा नागरिकता संशोधन कानुनको विरोधमा विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । तर, प्रहरीले यस्ता विरोध प्रदर्शनमा धरपकड सुरु गरेको छ । दिल्ली, उत्तर प्रदेश तथा कर्नाटक लगायतका ठाउँहरुमा प्रशासनले धारा १४४ लगाइदिएको छ जहाँ प्रदर्शनकारीहरुले जम्मा भएर विरोध गर्ने तयारी गरेका थिए । 

जम्मा हुन नपाउने धारालाई सन्चालनमा ल्याए पनि त्यहाँका विभिन्न ठाउँमा प्रदर्शनकारीहरु जम्मा भएका छन् । दिल्लीबाट प्रहरीले स्वराज पार्टीका योगेन्द्र यादवलाई पक्राउ गरेको भारतीय मिडियामा समाचार छ । 

दिल्लीका विभिन्न ठाउँमा मोबाइल सेवा बन्द गरिएको छ । एयरटेलले त्यहाँका केही क्षेत्रमा इन्टरनेट पनि बन्द गर्न सरकारले आदेश दिएको जनाएको छ ।

उता, बेंगलुरुमा प्रदर्शनमा सहभागी भएका इतिहासकार रामचन्द्र गुहालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

कर्नाटकको दक्षिण कन्नड जिल्लामा २१ डिसेम्बरसम्मका लागि निषेधाज्ञा लगाइएको छ ।

नागरिकता कानुनको विरोधमा वामपन्थी पार्टीहरु तथा मुस्लिम संगठनले भारत बन्दको आह्वानसमेत गरेका छन् ।



पूर्वछात्र नेता तथा सिपिआईका नेता कन्हैया कुमारले देश विरोधी कानुन भएकाले यो कानुलाई खारेज गर्नु पर्ने माग राखेका छन् । 



  • प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार १३:२१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया