सलमानको भन्दा बढी कमाए अक्षयले, कति ?

एजेन्सी– अमेरिकी म्यागजिन फोब्र्सले यो वर्ष सबैभन्दा धेरै कमाउने बलिउड कलाकारको सूची सार्वजनिक गरेको छ । फोब्र्स सेलेब्रिटी २०१९ को वार्षिक लिटअनुसार बलिउडका खेलाडी अक्षय कुमार २९३.२५ करोड रुपैयाँ कमाउँदै सबैभन्दा धेरै कमाउने सेलेब्रिटीको सूचीमा दोस्रो नम्बरमा छन् । 

सलमान खान तेस्रो नम्बरमा छन् । सन् २०१६ मा सलमान खान यो सूचीको पहिलो नम्बरमा थिए । अब उनी तेस्रो नम्बरमा पुगेका छन् ।

यो सूचीको पहिलो नम्बरमा चाहिँ भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली छन् । 

यो सूचीमा अमिताभ बच्चन २३९.२५ करोड भारतीया रुपैयाँ कमाउँदै चौथो स्थानमा छन् । शाहरुख खान छैटौं, रणवीर सिंह सातौं नम्बरमा छन् । महिलाको टप टेन लिस्टमा बलिउडका आलिया भट्टा र दीपिका पादुकोण सामेल भएका छन् । आलिया भट्टले यो वर्ष ५९.२१ करोड रुपैयाँ कमाएकी छिन् भने दीपिकाले ४८ करोेड । यी दुईले पहिलो पटक सबैभन्दा धेरै कमाउने सेलेब्रिटीको सूचीमा १० नम्बरभित्र आफ्नो स्थान बनाएका हुन् ।





  • प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार १४:५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया