काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको दुई नेताबीचको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री ओलीसँग भेटेर कांग्रेस सभापति देउवाले संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश र विवादास्पद विधेयक नल्याउन आग्रह गरेको बुझिएको छ ।
सरकारले संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने गरी कार्यविधि परिवर्तन गर्न खोजेको भन्दै विपक्षी कांग्रेसले आपत्ति जनाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।