बेलायती संसदमा ब्रेक्जिटबारे मतदान हुँदै

लन्डन– बेलायती संसदमा ब्रेक्जिटबारे शुक्रबार मतदान हुँदै छ । प्रधानमन्त्री बोरिस जोन्सनको पार्टीले बहुमत पाएपछि युरोपेली संघ (इयु)बाट बेलायत बाहिरिने विषयमा उनको योजना सफल हुने देखिएको छ । 

ब्रेक्जिटलाई अघि बढाउने विषयमा हुने सो मतदानले बेलायतको आगामी राजनीतिको फैसला गर्नेछ । ब्रेक्जिटसम्बन्धी विधेयकमा ब्रेक्जिटको म्याद जनवरी ३१ भन्दा पछि सार्न नपाइने उल्लेख छ । 

केही दिनअघि सम्पन्न आमनिर्वाचनमा आफ्नो दलले बहुमत हासिल गरेपछि शुक्रबारको मतदानमा आफ्नो योजना पारित हुनेमा जोनसन ढुक्क छन् ।

त्यही प्रक्रिया सुनिश्चितताका लागि ब्रेक्जिटसम्बन्धी प्रस्तावित विधेयकबारेको छलफलका लागि जनवरी ७ देखि ९ सम्मको मिति तोकिएको छ ।





  • प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार १३:५८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया