काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा साेमबार आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेस भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानन्यायाधीश जबरा परिषद्को अध्यक्षसमेत हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।