काठमाडौं– समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार पार्टीको पदाधिकारी बैठकले यो निर्णय गरेको हो ।
समाजवादी पार्टीबाट उपेन्द्र यादव कानुनमन्त्री र मोहम्मद इम्तियाक राई सहरी विकास मन्त्री रहेका छन् । यादवले सोमबारको मन्त्रीपरिषद् बैठकमा लगेको संविधान संशोधनसम्बन्धी समिति अध्ययन समिति प्रस्तावलाई प्रधानमन्त्री ओलीले ठाडै अस्वीकार गरिदिएपछि समाजवादी पार्टीले यो निर्णय गरेको हो ।
पार्टीको पदाधिकारी बैठकले सरकारमा बस्नुको औचित्य समाप्त भएको निष्कर्ष निकालेको बैठकमा सहभागीले जनाएका छन् ।
यादवले मंगलबार नै राजीनामा बुझाउने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।