आइसिसी वरीयतामा नेपाल १८औँ स्थानमा यथावत्

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको एक दिवसीय वरीयतामा नेपाल १८औँ स्थानमा यथावत् रहेको छ । 

नयाँ वरियतामा नेपालले १९ रेटिङ अंक पाएको छ । अघिल्लो महिनाको वरियतामा नेपाल एक स्थान तल झर्दै १८औँ स्थानमा पुगेको थियो । हाल नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेका छन् । युएई १९ तथा पपुवा न्युगिनी २०औँ स्थानमा छन् ।

नयाँ वरीयतामा इङ्ल्यान्ड शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । त्यसैगरी, न्युजिल्यान्ड तेस्रो, अस्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । यता टी–ट्वान्टी वरियतामा भने नेपाल १२औँ स्थानमा छ । 





  • प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार १५:४९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया