काठमाडाैं– पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवावर्गले संघर्ष गर्नुपर्ने बताएका छन् ।
तनहुँको व्यास नगरपालिकामा आयोजित कार्यक्रममा नेता थापाले नेपालको एक इन्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्ने बताए । 'सीमाको विषयमा छलफल गर्न भारत तयार भएको छ,' नेता थापाले भने, 'हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि संघर्ष गर्छ ।'
नेपाललाई सिंगापुर बनाउँछु भनेर नेताले भाषण गरे पनि एउटा व्यक्तिले चाहेर मात्र नेपाल समृद्ध बन्न नसक्ने थापाले ठोकुवा गरे । 'नायक महानायकले देश बनाउन सक्दैनन्, लोकतन्त्रको बाटोेबाट मात्र नेपाल समृद्ध बन्न सक्छ,' थापाले भने ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँ सभापति वैकुण्ठ न्यौपानेले युवा अध्ययनशील बनेर नेतृत्व विकासतर्फ अगाडि बढ्नुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।