बेलायतले भिसा प्रोसेसिङ डबल छिटो बनाउने

एजेन्सी– बेलायत सरकारले विश्वभरबाट बेलायतका लागि भिसा आवेदन दिनेहरुको प्रोसेसलाई डबल छिटो गर्ने घोषणा गरेको छ । यो घोषणा अहिलेका लागि वैज्ञानिकहरुका लागि मात्र लागु हुने जनाइएको छ । 

बेलायती गृहसचिप प्रिती पटेलले यो जानकारी दिएकी हुन् । 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल लागु हुने गरि विश्वभरबाट वैज्ञानिकहरुलाई बेलायतमा लैजान खोजेकाले यो नीति त्यहाँको गृहमन्त्रालयले लिएको हो । 

‘बेलायत विज्ञानको क्षेत्रमा विश्वको नेतृत्व गर्न चाहन्छ,’ पटेलले भनेकी छिन्, ‘त्यसैले बेलायत आउन चाहने वैज्ञानिकका लागि बेलायतले सहज बनाउन खोजेको हो ।’





  • प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार १७:३५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया