राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दललाई चुनाव चिह्न प्रदान

काठमाडौं– निर्वाचन आयोगले माघ ९ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ ।

आयोगका प्रवक्ता गिरिजा शर्माका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टीलाई ढल्केको छाता, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई हलो चिह्न प्रदान गरिएको हाे ।

यस्तै, राष्ट्रिय जनमोर्चाले गिलास, नेपाल मजदुर किसान पार्टीले मादल, नेपाल संघीय समाजवादी पार्टीले बस, नेपाली जनता दलले गोरु गाडाको चक्का र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्याक्टर चुनाव चिह्न पाएका छन् ।

निर्वाचन प्रयोजनका लागि आयोगले प्रदेश १ मा मेदिनीप्रसाद पौडेल, प्रदेश २ मा राजकुमार खतिवडा, प्रदेश ३ मा महेन्द्रकुमार कार्की, गण्डकीमा कालीबहादुर राई, प्रदेश ५ मा रितेन्द्र थापा, कर्णालीमा राजेन्द्रकुमार कर्माचार्य र सुदुरपश्चिममा विदूर काफ्लेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।

आयोगले सातवटै प्रदेशमा जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको छ । आयोगले न्यायिक प्रतिष्ठानमा कार्यरत कैलासप्रसाद सुवेदी र दिवाकर भट्टलाई जगेडा अधिकृतमा राखेको छ ।





  • प्रकाशित मिति : पुस ९, २०७६ बुधबार १३:८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया