लिफ आर्टिस्ट निरज, जसको टिकटकमा आउँछन् ९ लाखभन्दा बढी लाइक्स

दक्षिण भारतीय कलाकार प्रभासका फ्यान नेपालमा पनि कम छैनन् । झन्, बाहुबली फिल्मले बक्स अफिसमा ‘बबाल’ गरेपछि उनका भारतीय तथा नेपाली प्रशंसक पनि निकै बढे ।

भारतमा त यी अभिनेताका फ्यानहरु यति धेरै छन् कि कतिले उनको तस्वीर आफ्ना पाखुराको ट्याटुमा खोपेका छन् । प्रभासमात्र होइन, भारतका अन्य सेलेब्रिटीहरुका पनि नेपालमा निकै फ्यान छन् । बलिउडका मात्र होइन, नेपालकै सेलेब्रिटीले पनि कतिको मन जितिरहेका हुन्छन् ।

र, यसरी आफ्नो मन जितेका सेलेब्रिटीलाई फरक ढंगबाट सामाजिक सन्जाल टिकटकमा ल्याइरहेका छन्, निरज खनाल । निरजले बनाएको प्रभासको मात्र होइन, अरु सेलेब्रिटीको पीपलको पातमा बनाइएको स्केचले टिकटकमा नौलाखभन्दा धेरै लाइक्स पाएका छन् । उनको सबै ग्यालरीले त ९० लाखभन्दा बढी लाइक्स पाइसकेको छ ।

@nirajkhanal11

Leaf art of prabhash😍🌿🌿 #art #saaho #nirajart #prabhash #foryou #tiktok #chitwan #1m

♬ Psycho Saiyaan - Sachet Tandon, Dhvani Bhanushali, Tanishk Bagchi

निरज कलाकार हुन्, कला उनको प्यासन र अब्सेसन दुवै हो । चितवनका निरजलाई चित्रकलामा बाल्यकालदेखि नै रस पस्यो । 



तर, उनले मानिसहरुको स्केच बनाउन थालेको धेरै भएको छैन । 



उनी १२ कक्षामा पढ्थे । कक्षामा सरले पढाइरहेका थिए । निरजले आफ्नो टेबलमा बसेर सरले पढाइरहेको भन्दा पनि सरको अनुहारको बढी वास्ता गरिरहेका थिए । ‘म सरको स्केच बनाइरहेको थिएँ,’ उनले भने, ‘सरले कक्षासक्दा मैले पनि स्केच सकेँ र उहाँलाई देखाएँ ।’

पढाइरहेको समयमा ध्यान अन्यत्र मोडेकोमा खासमा ती शिक्षकले निरजलाई गाली गर्लान् भन्ने अनुमान गर्न सकिन्छ, तर ती शिक्षकले निरजलाई धन्यवाद पो भने । ‘सरलाई थाहा थिएन म उहाँको स्केच बनाइरहेको थिएँ,’ केही दिनअघि निरजले भने, ‘पछि त सर खुसी मात्र हुनुभएन, मलाई निकै ठूलो हौसला पनि दिनुभयो । मैले सरलाई नै त्यो स्केच गिफ्ट गरेँ ।’

तर, यो नै निरजले बनाएको पहिलो स्केच होइन । उनले सबैभन्दा पहिले त बुबाको स्केच बनाएका थिए । ‘तर, त्यो राम्रो भएन,’ निरजले भने, ‘अनि आमा र बहिनीको स्केच बनाएँ, ती पनि खासै राम्रो भएनन् । मलाई आफैंलाई चित्त बुझेको पहिलो स्केच चाहिँ त्यही सरको थियो ।’

निरजले राम्रा स्केच त बनाउँछन् तर उनी व्यवसायिक रुपमा पूर्ण समय दिएर यो काम गर्ने पक्षमा छैनन् । ‘कहिलेकांही पकेट मनी भएन भने त मानिसहरुसँग पैसा लिएर पनि बनाउने गरेको छु,’ उनले भने, ‘नत्र त यो मेरो प्यासन हो, आफूमा कला जीवित होस् भन्नका बनाउँछु ।’

त्यसैले निरजले धेरैजसो सेलेब्रिटीका स्केच बनाएका छन्, तीनलाई सामाजिक सन्जालमा सेयर गरिरहेका हुन्छन् । 

सेलेब्रिटी मात्र होइन, कुनै पनि घटनाबारे पनि निरजले स्केच वा लिफ आर्ट गर्ने प्रयास गरिरहेको हुन्छन् । जस्तै कि निर्मला प्रकरणपछि उनले निर्मलाको स्केच पिपलको पातमा बनाए, त्यसलाई सामाजिक सन्जालमा राखे । रबी लामिछाने पक्राउ पर्दा पनि उनले रबी लामिछानेको आर्ट बनाए, सामाजिक सन्जालमा राखे ।

खासमा निरजले पिपलको पातमा कुनै आकृति बनाउने र त्यसलाई उठाएर आकाशतिर फर्काउँदा राम्रो देखिनसक्छ भन्ने कुरा युट्युबबाट थाहा पाएका हुन् । यस्तै चित्रकला वा कलाकारितबारे खोज्दै थिए निरज, एक दिन युट्युबमा भेटे, अनि उनले यसलाई प्राक्टिस गर्न थाले । 

@nirajkhanal11

leaf art 😍 #art #foryou #duet #tiktok #nirajart #foryoupage #chitwan_muser #chitwan

♬ original sound - rahulrockstar

खासमा निरजले लिफ आर्ट गर्न थालेको लामो समय भएको छैन । उनले लिफ आर्ट गर्न थालेको त जम्मा तीन महिना भएको छ । 

त्यसैले आजभोलि उनी पिपलको रुख वरपर पुग्नेवित्तिकै पातहरु टिपिहाल्छन् । ‘झोलामा मेरो आजभोलि पिपलको पात टुट्दैन,’ निरजले हाँस्दै भने, ‘म यो कला कहिल्यै पनि छोड्दिनँ ।’

बरु उनी त एउटा कलाकारले देशमा ठूलो परिवर्तन ल्याउन समेत सक्ने बताउँछन् । ‘कलाकारले सबैथोक गर्न सक्छ, देशमा परिवर्तन ल्याउनदेखि मानिसहरुलाई सचेत बनाउनसम्म,’ निरजले भने, ‘समाजमा सकारात्मक सन्देश फैलाउने मात्र होइन, कलाकारले जिम्मेवारीमा रहेकालाई घच्घचाउन पनि सक्छ ।’

@nirajkhanal11

Leaf art of Allu Arjun😍 #foryou #foryoupage #duet #nirajart #chitwan #tiktok #alluarjun @tiktok_india

♬ o madam kajalwali - Anmol koli
  • प्रकाशित मिति : पुस ९, २०७६ बुधबार १८:१९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया