एजेन्सी– सन् २०१९ को आखिरी सूर्यग्रहण आज बिहिबार देखिएको छ ।
नेपाली समयअनुसार यो सूर्यग्रहण विहान ८ बजेर ४२ मिनेट जाँदा सुरु भएको हो । यो दिउँसो ११स्३१ बजेसम्म रहनेछ ।
अबको एक दशकमा पर्ने अरु ४–५ सूर्यग्रहणभन्दा यो सबैभन्दा बढी देखिने सूर्यग्रहण मानिएको छ । त्यसैले पनि यसलाई शताब्दिकै ठूलो सूर्यग्रहण भनिएको छ ।
त्यसो त प्रत्येक वर्ष सूर्यग्रहण र चन्द्रग्रहण भइरहेको हुन्छ । पृथ्वीको फरक फरक ठाउँबाट यो देखिने गरेको छ । तर, आज भइरहेको सूर्यग्रहण पृथ्वीको अधिकांश ठाउँबाट देखिन सक्छ ।
यो खगोलीय घटनाका कारण नेपालमा मात्र होइन, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, चीन, अष्ट्रेलियामा समेत प्रभाव पर्ने बताइएको छ । सन् २०१९ को यो तेस्रो सूर्यग्रहण हो । यसअघि ६ जनवरी र २ जुलाईमा पनि सूर्यग्रहण भएको थियो ।
चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँदा हुने यो खगोलीय घटना यसपटक किन विशेष छ भने यो सूर्यग्रहणको समयमा सूर्य रिंग अफ फायरजस्तो देखिनेछ ।
अब अर्को सूर्यग्रहण २१ जुन २०२० मा हुनेछ । यो नेपालबाट नदेखिन पनि सक्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।