सन् २०१९ मा विराट कोहलीले बनाएका विराट रेकर्ड्स

एजेन्सी– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई भारतीय टिमका रन मेसिन भन्दा पनि फरक नपर्ला । उनको सफलता यो वर्ष राम्रोसँग देखिएको छ । उनले यो वर्षमात्र क्रिकेटका तीन वटै फम्र्याटबाट २४५५ रन प्रहार गरेका छन् । यो अरु ब्याट्सम्यानभन्दा धेरै हो । यही वर्ष उनले सात शतक पनि प्रहार गरे । 

यो वर्ष उनले विश्वकप क्रिकेटमा लगातार पाँच पारीमा अर्धशतक प्रहार गरेका थिए । उनी विश्वकपको इतिहासमा पाँच लगातार अर्धशतक प्रहार गर्ने पहिलो कप्तान हुन् । उनीबाहेक स्टिभ स्मिथले मात्र यो सफलता हासिल गरेका छन् । 

अष्ट्रेलियाको मैदानमा टेस्ट सिरिज जित्ने पहिलो भारतीय कप्तान पनि उनै हुन् । उनको कप्तानीमा त्यहाँ भएको खेलमा उनले ४ म्याचबाट २–१ को अन्तरको जित निकालेका थिए । वेस्टइन्डिजमा वान डे क्रिकेटमा चार शतक लगाउने पनि उनी पहिले खेलाडी हुन् । त्इस्तै उनले यही वर्ष वानडे शतकमा ह्याट्रिक बनाउने रेकर्ड पनि राखेका छन् । 

विराट कोहलीले अष्ट्रेलियाको एडिलेड मैदानमा पाँच शतक प्रहार गरेका छन् । अष्ट्रेलियको एउटै मैदानमा पाँच शतक लगाउने उनी पहिलो विदेशी खेलाडी हुन् । 

यही वर्ष कोहलीले टेस्ट क्रिकेटमा भारतका तर्फबाट सबैभन्दा धेरै डबल सेन्चुरी बनाउने रेकर्ड पनि बनाएका छन् । यो विषयमा उनले सचिन तेन्दुल्कर र विरेन्द्र सहवागलाई पछाडि पारेका छन् । 

अहिले विराटलाई भारतीय टेस्ट क्रिकेटको सबैभन्दा सफल कप्तानका रुपमा पनि लिनसकिन्छ । उनको कप्तानीमा अहिलेसम्म भारतले ३३ खेलमा जित निकालेको छ । महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले २७ वटा टेस्ट खेल जितेको थियो । 



विराट कोहलीले क्रिकेटमा अहिलेसम्म ७० शतक आफ्नो नाममा रेकर्ड गराइसकेका छन् । अब ७१ शतक प्रहार गरेका र १०० शतक प्रहार गरेका क्रमशः रिकी पोन्टिङ र सचिन तेन्दुल्करमात्र उनीभन्दा अगाडि छन् । 



  • प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार १३:३०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया