श्रीमान्‌काे कुटाइबाट श्रीमतीकाे मृत्यु

धरान— श्रीमानको कुटाइबाट सुनरसरीको धरान उपमहानगरपालिका-१५ मा श्रीमतीको मृत्यु भएको छ ।

घरायसी विवादका क्रममा ४३ वर्षीय श्रीमान काजीमान राईले बुधबार राति कुटपिट गर्दा ३६ वर्षीया श्रीमती रमिला राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमान काजिमानको कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले काजीमानलाई नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार १४:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया