चितवन– चितवनको सौराहामा अन्तरदेशीय भू–परिधि संरक्षण कार्यक्रम सुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहान सो कार्यक्रमको उद्घाटन गरे ।
अध्यक्ष दाहालले संरक्षणमा लाग्न सबैलाई आह्वान गर्दै आफू पनि वातावरण संरक्षणको विद्यार्थी भएकोले संरक्षणका क्षेत्रमा अघि बढ्न प्रतिबद्ध रहेको बताए । अध्यक्ष दाहालले विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई रोक्न विश्वसमुदाय एक हुनुपर्नेमा जोड दिए ।
अन्तरराष्ट्रिय संस्था आइसिआइएमओडीको आयोजनामा सुरु भएको कार्यक्रम दुई दिनसम्म चल्नेछ । कार्यक्रममा हिमालय क्षेत्रका आठ देशका ५५ भूपरिधि संरक्षण विज्ञ सहभागी भएका हुन् । कार्यक्रममा नेपालमा संरक्षण क्षेत्रमा भएको प्रगति र विश्वमा भइरहेका गतिविधिका बारेमा छलफल हुने आयोजकले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।