एजेन्सी– बलिउडका अभिनेता सलमान खान २७ डिसेम्बरमा ५४ औं जन्मदिन मनाउँदै छन् । उनी सन् १९६५ मा जन्मिएका थिए । सलमान खानका खास नाम त अब्दुल राशिद सलीम सलमान खान हो । तर, आज उनी सलमान खानको नामले नै विश्वभर चर्चित छन् ।
उनका बाबु सलीम खान फिल्म उद्योगमा नै चर्चित लेखक हुन् । बाबु लेखक भएकाले सुरुमा सलमान खान पनि लेखक नै हुन चाहन्थे । तर, उनले जब अभिनयमा पाइला चाले, उनको जीवनमा ठूलो परिवर्तन आयो ।
सलमानको जन्मदिनको अवसर पारेर भारतीय मिडियामा उनको विषयमा धेरै समाचार आइरहेका छन् । त्यस्तै एउटा समाचार हो, उनले सुभाष घईलाई थप्पड हानेको प्रसंग । सलमानले एक अन्तर्वार्तामा आफूले आजसम्म हात उठाएका व्यक्ति यीनै घई भएको बताएका छन् । उनले एउटा सानो झगडामा सुभाषसँग झगडा परेको र त्यही बेला सुभाषले आफ्नो कठालो समातेकाले आफूले थप्पड हानेको बताएका छन् । तर, यसको भोलिपल्टै उनले सुभाषसँग माफी मागेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।