काठमाडौं– धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो । साताभर कुल १७५ कम्पनीको सेयर कारोबार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार ८५ लाख ९५ हजार ५३१ कित्ता सेयर दुई अर्ब ८१ करोड ८८ लाख ९२ हजार ६ सय ९० मूल्यमा खरिद–बिक्री भए ।
नेप्सेका अनुसार साताको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले सुधार भयो । कुल १ सय ६७ कम्पनीका १४ लाख ८८ हजार ३ सय ४ कित्ता सेयर रु ३७ करोड ४४ लाख ६६ हजार ४ सय ६५ मूल्यमा खरिद–बिक्री भए ।
सोमबार नेप्से १७.७७ विन्दुले बढेर एक हजार १६८.५८ मा पुग्यो । कुल १ सय ७७ कम्पनीको १७ लाख ५४ हजार ३ सय ६३ कित्ता सेयर ५९ करोड ५७ लाख ६४ हजार ५ सय ४४ बराबरको कारोबार भए ।
मंगलबार भने नेप्से पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार १६६.२१ मा पुग्यो । कुल १ सय ७१ कम्पनीको २० लाख २९ हजार ८ सय १५ कित्ता सेयर ७२ करोड १६ लाख ४२ हजार ९ सय ६५ मूल्यमा खरिद–बिक्री भए ।
बुधबार नेप्से १.८२ अंकले बढेर ११६८.०३ मा पुग्यो । कुल १ सय ७५ कम्पनीको १६ लाख ८१ हजार ८ सय ३८ कित्ता सेयर ५३ करोड ८३ लाख ४० हजार ८ सय २९ रुपैयाँमा कारोबार भए ।
बिहीबार नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से आरोलो लागे पनि कारोबार रकम भने औसतमा रह्यो । कुल १ सय ७२ कम्पनीको कुल १६ लाख ४१ हजार २ सय ११ कित्ता सेयर ५८ करोड ८६ लाख ७७ हजार ८ सय ८७ मूल्यमा कारोबार भए ।
साताभर विभिन्न चार कम्पनीनको सेयर नेप्सेमा सूचीकृत भए । त्यसमा कामना सेवा विकास बैंकको तीन लाख ७५ हजार ३ सय ९८ कित्ता सेयर लाभांश, कुमारी बैंकको ८६ लाख ८५ हजार ५ सय ७३ कित्ता सेयर लाभांश, सिटिजन बैंकको २५ लाख ११ हजार ३ सय १९ कित्ता सेयर लाभांश र एभरेष्ट बैंकको परिवर्तित सेयर कुल चार लाख कित्ता सूचीकृत भएको नेप्सेले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।