हब एजुकेसनले अष्ट्रेलियन शैक्षिक मेला गर्ने

काठमाडौं– हब इन्टरनेसन एकुसेनले अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा उनीहरुका अभिभावकलाई जानकारी होस् भन्ने हेतुले अष्ट्रेलियन एजुकेसन फेयर गर्ने भएको छ । 

१३ जनवरीमा हुने यो फेयरमा अष्ट्रेलिया जान चाहने विद्यार्थीले सम्पूर्ण जानकारी पाउन सक्ने हबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । १४ वर्षदेखि अष्ट्रेलियन शिक्षाबारे नेपालमा परामर्श दिँदै आएको हबले यो फेयरमा विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरु पनि सहभागी हुने जानकारी दिएको छ । 

नायरको सदस्यसमेत रहेको हबले अहिले सात विभिन्न देशमा आफ्ना शाखा सन्चालन गर्दै आएको छ । अष्ट्रेलियाको पर्थमा आफ्नो कर्पोरेट अफिस राखेको हबले यो फेयरमा १५ भन्दा धेरै विश्वविद्यालयका तर्फबाट प्रतिनिधि आउने जनाएको छ ।

फेडेरेसन विश्वविद्यालय, जेम्स कुक विश्वविद्यालय, साउर्दन क्रस विश्वविद्यालय, बक्स हिल टाफे, एक्सेल्सिय कलेजलगायतका शिक्षण संस्थाको सहभागिता रहने यो फेयरमा ब्रिटिस काउन्सिल र बैंक अफ काठमाडौं पनि सहभागी हुँदैछन् । 

‘अहिले पनि विद्यार्थीहरुमा अष्ट्रेलिया जाने विषयमा भ्रमहरु रहेका हुन्छन्,’ हबका प्रबन्ध निर्देशक उद्धवबहादुर खड्काले भने, ‘ती भ्रमहरु र उनीहरुमा भएको अन्योल हटोस् भन्नका लागि यो मेला आयोजना गरेका हौँ । मेलामा सहभागी हुने विद्यार्थीहरुका लागि विभन्न लोभ्याउने अवसरहरु पनि छन् ।’

उनले ५० प्रतिशतसम्म छात्रवृत्ति, आवेदन शुल्क निःशुल्क तथा आइइएलटिएसलगायतमा विशेष छुट विद्यार्थीहरुले पाउने पनि बताए । हब कम्प्लेक्स बागबजारमा हुने यो फेयरमा जाने विद्यार्थीहरुले विशेष गिफ्ट ह्याम्पर पनि पाउने छन् । 





  • प्रकाशित मिति : पुस १३, २०७६ आइतबार १०:१३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया