मामा बनेँ, अब बाबा बन्न मात्र बाँकी भयोः सलमान

एजेन्सी– बलिउड अभिनेता सलमान खानलाई बारम्बार प्रश्न सोधिने गर्छ– विवाह कहिले गर्ने ? 

तर, २७ डिसेम्बरमा आफ्नो ५४ औं जन्मदिन मनाएका सलमानले यस प्रश्नलाई घुमाउरो तरिकाले उत्तर दिए । यही दिन उनकी बहिनी अर्पिता खानले छोरीलाई पनि जन्म दिइन् । 

भान्जी भेट्न अस्पताल पुगेका सलमानले यसपटक पत्रकारहरुको प्रश्नमा भने– अब फेरि मामा बनेँ, अंकल बनिसकेको छु, अब बाबा बन्न मात्र बाँकी भयो । 

अर्पिताले छोरीको नाम चाहिँ आयत राखेको सलमानले नै जानकारी दिएका छन् । उनले सिफारा र आयतमध्येबाट अर्पिताले यो नाम छानेको पनि बताएका छन् । यतिमात्र होइन, उनले यी दुई नाम आफूले आफ्ना बच्चाका लागि राख्न खोजेको पनि बताएका छन् । 





  • प्रकाशित मिति : पुस १३, २०७६ आइतबार १४:३१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया