गुल्मीमा भ्रष्टाचारविरुद्ध काङ्ग्रेस सशक्त बन्ने

नेपाली कांग्रेस गुल्मीमा भ्रष्टाचार बिरुद्ध सशक्त बन्ने भएको छ । आइतबार जिल्ला कार्यसमितिको २९ औँ बैठकका निर्णय सार्वजनिक गर्दै स्थानीय तहमा भएको अनियमिता र भ्रष्टाचारका बिषयमा कार्यकर्तालाई सचेत र थप क्रियाशिल बनाउने जनाएको हो ।

त्यसका लागि १२ स्थानीय तहमा पार्टीको सांगठनिक संरचान समेत निर्माण गरेको जिल्ला उपसभापति बिष्णुप्रसाद बलालले जानकारी दिए । कांग्रेसले युवा, तरुण, महिला र दलितलाई केन्द्रित गरेर जिल्लाका सबै स्थानीयतहमा एक महिने प्रशक्षिण संचालन गर्नेछ । प्रशिक्षणको मिति भने बैठकले तय गरेको छैन् । उपसभापति बलालले १६ पुसमा जिल्लाका सबै स्थानीय तहमा राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय भएको पनि बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले स्थानीय तहमा भएको अनियमिताका विषयमा आगामी दिनमा सक्रियता साथ भण्डाफोर गर्ने बताए । उनले अहिलेसम्म सुक्ष्म अध्ययन, ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउने लगायतका काम छायाँ सरकार मार्फत पार्टीले गरेको बताउँदै त्यसलाई अझै सशक्त बनाउन एक महिने अभियान संचालन गर्ने बताए ।

स्थानीय तहमा देखिएको बेरुजुको बिषयमा स्थानीय तह मौन रहेकाले यो बिषय आम नागरिकमा स्पष्ट पार्ने गरि अभियानको रुपमा गाउँ पस्ने योजना बनाएको श्रेष्ठले बताए ।
 
स्थानीय तह संरचना
कांग्रेसले निर्माण गरेको संरचना अन्तरगत प्रतिनिधि सभा क्षेत्र नं १ को सभापतिमा अशोककुमार थापा र क्षेत्र नं २ को सभापतिमा भगतसिहं खड्का छन् ।

त्यस्तै क्षेत्र नं १ को प्रदेश ‘क’ को सभापतिमा पाश्विर ढकाल र प्रदेश ‘ख’ को सभापतिमा हरिप्रसाद अर्याल रहेको कांग्रेस पार्टी सचिव बिष्णु सापकोटाले जानकारी दिइन् । त्यस्तै प्रतिनिधी सभा क्षेत्र नं २ को प्रदेश ‘क’ को सभापतिमा पुर्णबहादुर केसी र प्रदेश ‘ख’ को सभापतिमा रेखाकुमार जिसी रहेको सापकोटाले जानकारी दिइन् ।

रेसुङ्गा नगरपालिकाको सभापतिमा छविलाल पाण्डे, मुसीकोट नगरपालिकाको सभापतिमा सुदर्शन शाक्य, गुल्मी दरबार गाउँपालिकामा बलबहादुर थापा, छत्रकोट गाउँपालिकामा धातानन्द भुसाल रहेका पार्टी सचिव खिलध्वज पन्थीले बताए ।



त्यस्तै रुरु गाउँपालिकामा ठाकुरप्रसाद पन्त, सत्यवती गाउँपालिकामा बिष्णुप्रसाद भण्डारी, कालीगण्डकी गाउँपालिकामा निमबहादुर श्रीस, चन्द्रकोट गाउँपालिकामा भिमलाल भण्डारी, धुर्कोट गाउँपालिकाम रामप्रसाद घिमिरे, मदाने गाउँपालिकामा मनिराम थापा, मालिका गाउँपालिकामा चन्द्रकान्त अर्याल सभापतिको रुपमा चयन गरिएको पन्थीले बताए ।



  • प्रकाशित मिति : पुस १४, २०७६ साेमबार ७:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया