कन्चनपुर– प्रयोगात्मक अभ्यास गर्न महाकाली नगरपालिका ३ चाँदनी गएका कञ्चनपुरका एक विद्यार्थीको मृत्यु भएको छ ।
महेन्द्रनगरस्थित बैजनाथ इन्जिनियरिङ्ग कलेजमा सिभिल इन्जिनियरिङ्गमा अध्ययनरत तेज राज जोशीको करेन्ट लागेर मृत्यु भएको हो ।
महाकाली नगरपालिका ३ चाँदनीमा जोशी बिल्र्डसले लिएको सडकको ठेक्कामा ओजेटी गर्न पुगेका जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्र चन्दले अभ्यासको क्रममा विद्युतीय तारमा छेइदा उनको घटनास्थलमै मृत्यु भएको बताए । आफन्तले भने ठेकेदार कम्पनीको लापरवाहीको कारण अभ्यास गर्दा गर्दै तेजको मृत्यु भएकाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषी उपर कारवाहीको माग गरेका छन् ।
कृष्णपुर नगरपालिका १ दोमिल्ला घर भएका जोशीको शव अहिले महाकाली नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।