अधिकार प्राप्तिका लागि मधेसमा पुनः ठूलो आन्दोलन गर्ने उपेन्द्र यादवकाे चेतावनी

महोत्तरी– समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसमा पुनः ठूलो आन्दोलन हुने बताएका छन् । युवा संघ महोत्तरीको जिल्ला सम्मेलनलाई मंगलबार जलेश्वरमा सम्बोधन गर्दै उनले वर्तमान सरकार आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेस र मधेसको हकअधिकार दिन आनाकानी गरेको हुँदा आफ्नो हक र अधिकार प्राप्तिका लागि मधेसमा पुनः ठूलो आन्दोलन गर्ने बताए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधान संशोधन गरेर जबसम्म मधेस र मधेसीलाई बराबरीको हक दिँदैन, तबसम्म आफूहरु आन्दोलन गरिराख्ने र मधेसी जनताले आफूहरुलाई सधैँ सहयोग गरिरहने बताए । उनले भने, ‘आफ्नो पार्टी अब सडक र सदन दुवै ठाउँबाट संघर्षका कार्यक्रम अगाडि बढाउने तथा पूर्ण रुपमा अधिकार प्राप्त नहुन्जेलसम्म संघर्षका कार्यक्रम निरन्तर चलिरहन्छ ।’

अध्यक्ष यादवले वर्तमान सरकार आफूहरुलाई वाचा गरेर पनि मधेस र मधेसीलाई हकअधिकार दिनबाट खुट्टा पछाडि तानेको तथा संविधान संशोधन गर्न नमानेको भन्दै सोही कारण आफूहरुले सरकार छाडेको स्पष्ट पारे । उनले अब मधेसी जनताले ठूलोभन्दा ठूलो अन्तिम आन्दोलन गर्न पुनः जरुरी भएको भन्दै आन्दोलनका लागि सबैलाई तयार रहन आग्रहसमेत गरे ।





  • प्रकाशित मिति : पुस १५, २०७६ मंगलबार १७:१५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया