पार्टीको विधान लागू भएन : माधव नेपाल

मकवानपुर– नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको विधान र विधिलाई कडाइका साथ लागू गर्न कमजोरी हुँदा पार्टी संगठन गर्न समस्या भएको बताएका छन् ।

नेकपा हेटौँडा उपमहानगरपालिका कमिटीद्वारा मंगलबार आयोजित कार्यक्रममा उनले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्ने बताए । वरिष्ठ नेता नेपालले मार्क्सवादलाइ नेपालसुहाउँदो ढंगले लागू गरी समृद्धि ल्याउनुपर्ने बताए । 

सो अवसरमा उनले उपमहानगरपालिकाको १९ वटा वडा कमिटीका ६ सय ६५ जना सदस्यलाई पार्टी विधानबमोजिम सपथ गराएका थिए । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र नामको टुंगो लगाएपछि प्रदेशको विकास र समृद्धितर्फ लाग्ने बताए । 





  • प्रकाशित मिति : पुस १५, २०७६ मंगलबार १७:२५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया