नेप्सेमा सामान्य गिरावट

काठमाडौं–  सोमबार साढे पाँच अंकले बढेको नेप्से मंगलबार भने  झिनो अंकले घटेको छ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १.९२ विन्दुले घटेर एक हजार १६६.०३मा पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक १.०१ ले घटेर २५२.३१ मा पुगेको छ । नेप्से आरोलो लाग्दा त्यसको प्रभाव कारोवार रकममा परेको छ । कुल १ सय ७७ कम्पनीको १३ लाख दुई हजार ९ सय ८६ कित्ता सेयर ४४ करोड २२ लाख ५६ हजार १ सय ५६ मूल्यमा खरिद–बिक्री भए । 

नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये ६ उपसमूहको सेयर बढेको छ । त्यस्तै ६ उपसमूहको सेयर भने ओरालो लागेको छ । बैंकिङ २.०४, व्यापार १३.७९, होटल ३२.१६, विकास बैंक ४.८८, जलविद्युत् ६.४५ र लघुवित्त १८.९७ विन्दुले बढेको छ । 

त्यस्तै वित्त ४.२, निर्जीवन बिमा १३.७५, उत्पादन ११.८९, अन्य २८.१९, जीवन बिमा ४.८ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । मंगलबार नेपाल लाइफ इन्सुरेन्स कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ । सो कम्पनीको ६ करोड १७ लाख ८५ हजार ७ सय १० बराबरको कारोबार भयो ।

शिवम् सिमेन्ट दुई करोड ७८ लाख १५ हजार ८ सय ३२, हिमालयन डिस्टिलरी दुई करोड ५४ लाख आठ हजार ९ सय ९२, एसियन लाइफ इन्सुरेन्स एक करोड ६६ लाख २३ हजार ६ सय १२ र नागरिक लगानी कोष एक करोड ६२ लाख ११ हजार ४ सय ६३ मूल्यमा खरिद–बिक्री भई शीर्ष स्थानमा रहे । 

मंगलबार सबैभन्दा बढी कमाउनेमा विशाल बजार कम्पनीका सेयरधनी छन् । सो कम्पनीका लगानीकर्ताले ७.८० प्रतिशतले कमाउँदा सिभिल लघुवित्त वित्तीय संस्था ७.७६, कर्पोरेट डेभलपमेन्ट बैंक ६.३१, मिथिला लघुवित्त वित्तीय संस्था ३.६३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ३.१८ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ३.०४ प्रतिशतले कमाए । 



नेपाल दूरसञ्चार कम्पनी ५.८९, युनियन हाइड्रोपावर ५.१७, मञ्जुश्री फाइनान्स ४.७०, आइसिएफसी फाइनान्स ४.१८, प्रोगेसिभ फाइनान्स ४.०४, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.५२ र सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४९ प्रतिशतले गुमाए । 



  • प्रकाशित मिति : पुस १५, २०७६ मंगलबार १७:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया