ए डिभिजन लिग : त्रिभुवन आर्मी क्लब विजयी

काठमाडाैं– सहिद स्मारक  ए  डिभिजनमा त्रिभुवन आर्मी क्लबले  तेस्रो  जित  निकालेको छ । आर्मीले थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कमप्लेक्समा बुधबार भएको  खेलमा नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरेर आर्मीलाई जित दिलाएका हुन् । 

नवयुगले  खेलको ५४औँ मिनेटमा भरत खवासको क्रसलाई सदुपयोग गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।   

त्यस्तै, खेलको ७९औँ मिनेटमा सन्तोषले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै आर्मीको अग्रतालाई दोब्बर बनाएका थिए । यो जितसँगै आर्मीले ४ खेलबाट ९ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । 

पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ले पराजित गरेको आर्मीले दोस्रो खेलमा मनाङ–मस्र्याङ्दीसँग १–०को पराजय बेहोरेको थियो । आर्मीले आप्mनो तेस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई २–०ले पराजित गरेको थियो । 

थ्री स्टारको प्रतियोगितामा यो पहिलो हार हो । थ्री स्टारको ४ खेलबाट ७ अंक छ । थ्री स्टार अंक तालिकाको छैटौँ स्थानमा झरेको छ । 



पहिलो खेलमा जावलाखेल युवा क्लबसँग गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो खेलमा नेपाल पुलिस क्लब तथा तेस्रो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)लाई समान १–०ले पराजित गरेको थियो ।  
 



  • प्रकाशित मिति : पुस १६, २०७६ बुधबार १७:२७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया