विप्लव कार्यकर्ता र प्रहरीबीच गाेली हानाहान

सुर्खेत- सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । सुर्खेतको पञ्चपुरी–८ स्थित चेनेरीताल जंगलमा बुधबार गोली हानाहान भएको हो ।

विप्लव नेकपाका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बुधबार दिउँसो आक्रमण भएपछि दुई राउन्ड फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए ।

दुईजना मात्र प्रहरी भएकाले विप्लव नेकपाका कार्यकर्ता पक्राउ गर्न नसकिएको पन्तले बताए । ‘प्रहरीलाई देख्नेबित्तिकै विप्लवका कार्यकर्ताले प्रहरीलाई आक्रमण गरे’ उनले भने, ‘हामीले पनि जवाफी फाइरिङ गर्नुप-यो ।’

विप्लव नेकपाले मंगलबार राति भेरीगंगा नगरपालिकाको एनसेल टावरमा आगजनी गरेको थियो । 





  • प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार ९:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया