महाेत्तरीमा पिकनिक खान गएका युवामाथि गोली प्रहार

महाेत्तरी– महोत्तरीमा पिकनिक खान भारतीय सीमानाकामा गएका एक युवामाथि बुधबार साँझ गोली प्रहार भएको छ ।

जलेश्वर नगरपालिका–५ विषणपुरका श्यामसुन्दर कापरका १६ वर्षीय छोरा अक्षय कापरमाथि गोली प्रहार भएको हो । उनी आफ्ना साथीहरूसँग सोही वडाको भारतसँग जोडिएको क्षेत्रमा पिकनिक खान गएका थिए । पिकनिकमा रमाइलो गरिरहेका बेला अचानक गोली लागेर कापर घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते कापरलाई तत्काल जलेश्वर अस्पताल पुर्‍याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरस्थित जानकी हेल्थ केयर लगिएको थियो । कापरको अवस्था थप नाजुक बन्दै गएपछि उनलाई विराटनगर वा अन्यत्र लाने तयारी भइरहेको प्रहरीले जनाएको छ । कापरले गोली चलाउनेको नाम किटान गरे पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन । घटनालगत्तै इन्स्पेक्टरको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर छानविन गरेको थियो ।





  • प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार १०:१६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया