सीमा अतिक्रमणको विषयमा राष्ट्रिय सभामा जरुरी प्रस्ताव, सत्तापक्ष प्रस्तावक प्रतिपक्ष समर्थक

काठमाडौं– सीमा अतिक्रमणको विषयमा राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सरिता प्रसाईको समर्थनमा प्रस्ताव दर्ता भएको हो । 

प्रस्तावमा नेपाली भूमिबाट भारतीय सेना हटाउन, कुटनीतिक पहललाई अझै सशक्तताका साथ अघि बढाउन र नेपाल भारत उच्च स्तरीय प्राविधिक समितिको पहललाई निष्कर्षमा पुर्याउन भूमिका खेल्न सरकारलाई आग्रह गरिएको छ ।प्रस्तावमाथि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले छलफलमा भाग लिँदै सीमा समस्या समाधान गर्न पहल गरिरहेको भन्दै छिट्टै वार्ता गरेर टुंगोमा पुग्ने बताए ।

त्यसपछि राष्ट्रियसभा बैठकले सर्वसम्मत स्वीकृत गर्दै सरकारलाई कार्यान्वयनको पहल गर्न निर्देशन दिएको छ ।  





  • प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार १६:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया