रिलायन्सले अब अमेजन तथा फ्लिपकार्टसँग प्रतिस्पर्धा गर्ने

एजेन्सी– भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले अब इकमर्सको क्षेत्रमा पनि आफ्नो पाइला हालेको छ । भारतका अहिले इकमर्सको क्षेत्रमा अमेजन तथा फ्लिपकार्टजस्ता कम्पनीहरु अग्रणी छन् । 

अम्बानीको कम्पनीले जियोमार्ट नामको नयाँ सेवा सुरु गरेको हो । यसले घरेलू सामानहरु डेलिभर गर्ने बताइएको छ ।

यो काम रिलायन्स इन्डस्ट्रिजका दुई सहयोगी कम्पनी रिलायन्स रिटेल तथा रिलायन्स जियो मिलेर गर्न लागेको भारतीय सन्चारमाध्यमले उल्लेख गरेका छन् । 

यो कम्पनीको लक्ष्य आफ्ना मोबाइल फोन ग्राहकलाई यो सेवासँग जोड्ने भएको बताइएको छ । अहिले भारतमा जियो दोस्रो ठूलो टेलिकम कम्पनी हो जसको ग्राहक संख्या ३६ करोडभन्दा बढी भएको तथ्यांकहरुले बताउँछन् ।

जियोमार्टले आफूहरुसँग घरमा चाहिने ५० हजारभन्दा धेरै सामान भएको र कम्पनीले त्यसलाई निःशुल्क डेलिभर गर्ने जनाएको छ । यसका लागि उनीहरुले स्थानीय पसलहरुलाई आफ्नो ग्राहक बनाएका छन् । ग्राहकले डेलिभर गरेका सामान स्थानीय पसलेले ग्राहकको घरसम्म पुर्याइदिन्छन् ।

त्यसो त भारतमा अनलाइन किरानाको पसल अहिले पनि पूर्ण रुपमा विकास भइसकेको छैन । तर, प्रतिवर्ष नै अनलाइन किराना खरिदमा ८७ करोडभन्दा धेरै कारोबार चाहिँ भइरहेको छ ।



भारतमा अहिले इकमर्स क्षेत्रमा अमेजन तथा फ्लिपकार्टजस्ता कम्पनीले राम्रो व्यापार गरेका छन् । फ्लिपकार्टलाई त भारतमा पनि वालमार्टले खरिद गरेको छ ।



  • प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार २०:१४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया