प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालको ट्विट ‘ट्रोल्ड’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकार पछिल्लो समय सामाजिक सन्जालमा पनि निकै सक्रिय छ । प्रधानमन्त्रीले मात्र होइन, उनको नीजि सचिवालयका सदस्यले पनि विभिन्न जानकारी आजभोलि माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत् दिने गरेका छन् । 

अनि प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल त झन् यो विषयमा अग्रणी छन् । त्यसो त उनले ट्विटरमा लेख्ने भाषाबारे पनि बारम्बार विवाद भइरहेको हुन्छ । किनकि कहिलेकांही उनी अत्यन्त कडा शब्दहरु प्रयोग गरेर पनि ट्विट गरिरहेका हुन्छन् । 

तर, यसपटक उनी चिप्लिएका छन् । त्यसैले उनको ट्विटमाथि ट्विटरमा निकै ठूलो व्यंग्य भइरहेको छ, उनले लेखेको कुरालाई निकैले ट्रोल गरिरहेका छन् । 

प्रसंग हो, भारतीय राजदूत मन्जिभसिंह पूरी आफ्नो कार्यकाल सकिएर भारत फर्किनेको । पूरीले आफ्नो कार्यकाल सकिएको भन्दै नेपाल बसाइ निकै अविष्मरणीय भएको भन्दै एउटा ट्विट लेखेका छन् । 

त्यही ट्विटमा रिमालले रिप्लाइ दिएका छन् । 



रिमालले यो ट्विटको जवाफ अंग्रेजीमा दिएका हुन् । उनले ट्विटमा अंग्रेजीमा लेखेका छन्, ‘ह्याभ ए सेफ ब्याक होम एक्सेलेन्सी !’

अंग्रेजी नमिलेका कारण अनि उनको ट्विटलाई धेरैले उडाएका छन् ।



त्यसमा जवाफ दिँदै धीरज नामका प्रयोगकर्ताले लेखेका छन्– हेर अंग्रेजी, बेइज्जतै गर्यो, नजाने नेपाली वा हिन्दीमा लेख्नु हुँदैन ?

जीवन श्रेष्ठ नामका प्रयोगकर्ताले चाहिँ योभन्दा धेरै लेखे १५ लाख तिराउने हो भन्ने लेखेका छन् । अर्का ट्विटर प्रयोगकर्ता रमण वैद्यले प्रश्न गरेका छन्– ‘यदि तपाईंको अंग्रेजी लेखाई कमजोरी छ भने तपाईं किन नेपाली वा हिन्दी, पन्जाबीमा लेख्नुहुन्न ?’

यतिमात्र होइन, ट्विटरमा अन्य प्रयोगकर्ताले पनि रिमालको भाषालाई लिएर उडाइरहेका छन् । 

  • प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार १२:३१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया