ग्रेटाले फेरिन् ट्विटरमा आफ्नो नाम

एजेन्सी– पर्यावरणबारे आवाज उठाएर विश्वमा नाम कमाएकी ग्रेटा थनबर्गले ट्विटरमा आफ्नो नाम फेरेर सारोन राखेकी छिन् । 

यो खासै ठूलो समाचार हुने थिएन यदि ग्रेटाले ट्विटरको नाम र प्रोफाइललाई बारम्बार चर्चाको विषय नबनाएको भए । तर, उनले बारम्बार यसबाट नै विश्वका नेताहरुसँग समेत आफ्नो असमर्थन रहेको बताउँदै आएकी छिन् । 

यसपटक उनले नाम फेर्नुको कारण चाहिँ अभिनेत्री अमान्डा हेन्डरसनले उनको नाम नजान्नु हो । उनलाई बिबिसीको एक कार्यक्रममा ग्रेटाको नाम भन्न प्रश्न गरिएको थियो । उनले नाम भन्न नसकेर एउटा अनुमान गरिन्– सारोन । 

अनि ग्रेटाले यो भिडियो देखेलगत्तै आफ्नो ट्विटरमा नाम परिवर्तन गरेकी हुन् । 

शुक्रबार आफू १७ वर्ष पुगेको जानकारी पनि ग्रेटाले ट्विटरमा राखेकी छिन् । 





  • प्रकाशित मिति : पुस १९, २०७६ शनिबार १०:३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया