स्वास्थ्य र शिक्षा राज्यको दायित्व होः डा. भगवान कोइराला

काठमाडौं– नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले शिक्षा र स्वास्थ्य मूलतः राज्यको दायित्व बन्नुपर्ने बताएका छन् । 

शनिबार साझा पार्टी निकट युवा संगठनको साझा स्कुल अफ पब्लिक लिडरसिप कार्यक्रममा बोल्दै कोइरालाले स्वास्थ्य र शिक्षा राज्यको दायित्वमा ल्याउँदा जुन तौरतरिका अपनाए पनि हुने तर यसलाई राज्यको दायित्वमा ल्याइनु पर्ने बताएका छन् । 

‘त्यसमा सरकारी स्किम वा इन्सुरेन्स हुनसक्छन्,’ उनले भने । 

साझा पार्टीको युवा संगठनले सार्वजनिक नेतृत्व अभ्यास गर्ने हेतुले हरेक साता शनिबार पार्टीमा आवद्ध नभएका विभिन्न व्यक्तिहरुसँग अन्तर्क्रिया गर्दै आएको छ । 





  • प्रकाशित मिति : पुस १९, २०७६ शनिबार १९:५९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया