एजेन्सी– बलिउड अभिनेता सलमान खानले चलाउने कार्यक्रम बिग बोसमा अजय देवगण र काजोल पनि पुगेका थिए । फिल्म तानाजी द वनसंग वारियरको प्रमोसनका लागि उनीहरु शनिबार राति प्रसारण भएको कार्यक्रममा पुगेका हुन् ।
अजय र काजोलसँग सलमानले कार्यक्रममा निकै रमाइलो गरे । त्यही क्रममा काजोलले सलमानसँग एउटा प्रश्न सोधिन्, जुन सलमानको विषयमा यसअघि पनि बारम्बार सोधिएको हुन्थ्यो ।
काजोलले सोधेकी थिइन्– के तपाईंका पाँचभन्दा कम गर्लफ्रेन्ड्स भइसकेका हुन् ?
सलमानले यसको उत्तरमा भने, ‘मेरो जीवनमा अहिलेसम्म पाँच जना मात्र गर्लफ्रेन्ड्स भएका छन् ।’ उनको उत्तरले काजोल र अजयमात्र होइन, त्यहाँ भएका दर्शक पनि निकै हाँसे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।