इराकको संसदले भन्यो– अमेरिकी सेनाले देश छोड्नू !

एजेन्सी– इराकको संसदले एउटा प्रस्ताव पारित गर्दै सबै विदेशी सैनिकलाई देश छोड्न आदेश दिएको छ । 

इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानी अमेरिकाको एक हवाइ आक्रमणमा शुक्रबार इराकको राजधानी बग्दादमा मारिएका थिए । 

यसपछि इराकको संसदले यो प्रस्ताव ल्याएको थियो । 

अहिले इराकमा अमेरिकाका पाँच हजार सैनिक छन् । योसँगै त्यहाँ थप तनाव बढ्ने अनुमान गरिएको छ ।

यसबारे विस्तृत समाचार आउन बाँकी छ ।
 





  • प्रकाशित मिति : पुस २०, २०७६ आइतबार २०:५९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया