जेएनयूमा नकाबधारी छिरेर विद्यार्थीमाथि कुटपिट गरे, कयौँ विद्यार्थी घाइते

एजेन्सी– दिल्लीमा रहेको जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार साँझ जेएनयू छात्र संघकी अध्यक्षमाथि आक्रमण भएको छ । 

सामाजिक सन्जालमा पछिल्लो समय सेयर भइरहेका भिडियोका आधारमा भारतीय मिडियाले यो घटना विश्वविद्यालय भित्र नै भएको बताएका छन् । विभिन्न टिभी रिपोर्टहरुका अनुसार नकाबधारी केही व्यक्तिले जेएनयुमा छिरेर त्यहाँ आक्रमण गर्न थालेका थिए । 

प्रत्यक्षदर्शीहरुले जेएयुमा पचासभन्दा धेरै मानिस छिरेको र हातमा डन्डी र लठ्ठी लिएर गएको बताएका छन् । उनीहरु अधिकांशले आफ्नो अनुहार छोपेका थिए । क्याम्पसभित्र पुग्ने वित्तिकै उनीहरुले त्यहाँ भएका विद्यार्थीहरुलाई आक्रमण सुरु गरेका थिए । 

यो घटनामा केही विद्यार्थी घाइते भएका छन् । दिल्ली सरकारले जेएनयुमा घाइते भएका विद्यार्थीलाई अस्पताल लैजान सात एम्बुलेन्स पठाएको थियो । अन्य दश एम्बुलेन्स पनि त्यहाँका लागि तयारी अवस्थामा राखिएका छन् । 

अहिले जेएनयुको मुख्य गेटमा अत्यन्त ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । 

यो घटना भारतीय जनता पार्टीको विद्यार्थी युनियन अखिल भारतीय विद्यार्थी परिषद् गरेको आरोप त्यहाँका विद्यार्थीहरुले लगाएका छन् । यसबारे थप समाचार आउन बाँकी छ । 





  • प्रकाशित मिति : पुस २०, २०७६ आइतबार २१:२५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया