काठमाडौं– धितोपत्र बजारमा साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक १८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १८.२६ अंकले बढेर एक हजार २००.६९ मा पुगेको छ । लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक एक हजार २ सय नाघेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.९३ अंकले बढेर २६०.६७ पुगेको छ ।
परिसूचक बढेसँगै कारोबार रकममा पनि भारी वृद्धि भएको छ । स्टकका अनुसार कुल १ सय ७८ कम्पनीका २६ लाख ८३ हजार ६१० कित्ता सेयर ८४ करोड २५ लाख ८२ हजार १ सय ५० मा खरिद–बिक्री भयो । कारोबार भएको कुल १२ उपसमूहमध्ये व्यापार उपसमूहको शेयर मात्र ओरालो लागेको छ ।
व्यापार १२.२६ अंकले घट्दा बैंकिङ २५.८६, होटल २.९८, विकास बैंक १३.१७, जलविद्युत् ०.१४, वित्त १.४९, निर्जीवन बिमा ०.७९, उत्पादन ४.४५, अन्य ३.५६, लघुवित्त ३३.९८, जीवन बिमा १२.१३ र सामूहिक लगानी कोषको शेयर ०.१५ अंकले बढ्यो ।
कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर आठ करोड ४६ लाख पाँच हजार २ सय १५मा खरिद–बिक्री भयो । यस्तै नेको इन्स्योरेन्सको तीन करोड ७० लाख ९९ हजार ५ सय ९८, शिवम् सिमेन्टको तीन करोड ६६ लाख ६२ हजार १ सय ६८, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको तीन करोड ६४ लाख १२ हजार ६ सय ७२, प्रभु बैंकको दुई करोड ५८ लाख ६ हजार ३ सय ३१, नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ४७ लाख ६४ हजार ५ सय १८, एनएमबी बैंकको दुई करोड २७ लाख एक हजार ८१, एनसिसी बैंकको एक करोड ८९ लाख ५८ हजार ४ सय ५१, नेपाल बैंकको एक करोड ७९ लाख ७५ हजार ७ सय ९९ र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर एक करोड ६९ लाख ९३ हजार ८ सय ५० मा खरिद–बिक्री भए ।
वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९३ प्रतिशतले कमाए । आइतबार सो कम्पनीले शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने घोषणा गरेपछि त्यसको प्रभाव बजारमा देखिएको हो । यस्तै एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ७.१४, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ६.३०, गुराँस लघुवित्त वित्तीय संस्था ६.२४, सिभिल लघुवित्त वित्तीय संस्था ५.८८ र स्वरोजगार लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.८१ प्रतिशतले कमाए ।
परिसूचक बढे पनि नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.९४ प्रतिशतले गुमाए । यस्तै नेशनल हाइड्रो पावर कम्पनी ३.७७, हिमालयन ऊर्जा विकास कम्पनी ३.७३, नेपाल सेवा लघुवित्त वित्तीय संस्था २.७३, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा वित्तीय संस्था २.५ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।
नेको इस्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने
नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट शेयरधनीलाई ८.४२ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बिमा समितिको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।