एमसिसीबारे साझा पार्टीकाे धारणा सार्वजनिक

काठमाडौं– साझा पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे आफ्नो धारणा सार्वजनिक गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै साझाले आफ्नो धारणा सार्वजनिक गरेको हो । 

एमसिसीलाई साझा पार्टीले विगतको सहयोगको निरन्तरताको ठहर गरेको छ । ‘दशकौँदेखि नेपालको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्दै आएको अमेरिकाको एमसिसी परियोजनालाई साझा पार्टीले विगतको सहयोगको निरन्तरताको रुपमा बुझेको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि, सो परियोजनाका केही बुँदा नेपालको परराष्ट्र नीतिको मूल मर्म र प्रचलित कानुनको बर्खिलाप हुन गएको ठहर गर्दै साझाले सम्झौतामा हस्ताक्षर गर्नुपूर्व आवश्यक ध्यान दिन नेपाल सरकारलाई सुझाब दिएको छ । विज्ञप्तिमा भनिएको छ,  ‘त्यस्ता बुँदाबारे कूटनीतिक संवाद अगाडि बढाउन साझा पार्टी नेपाल सरकारलाई आग्रह गर्दछ ।’

अन्तर्राष्ट्रिय सम्बन्धमा वैदेशिक सहयोगले दाता र लाभकर्ता दुवै देशबीच सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने पनि साझाको पार्टीको बुझाइ छ । नेपालको नीति र राष्ट्रिय स्वार्थमा कुनै प्रकारको आँच नआउने सुनिश्चितता गर्दै परियोजनालाई स्वीकृत गर्नका लागि आवश्यक कदम चाल्न साझाले सरकारलाई आग्रह गरेको छ । 





  • प्रकाशित मिति : पुस २१, २०७६ साेमबार १७:३७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया