मृतअवस्थामा भेटिइन् महिला

प्युठानमा एक महिला मृत अबस्थामा फेला परेकी छिन् । जिल्लाको मल्लारानी गाउँपालिका ३ को चौरपानी, देव्राटाकुरा भन्ने स्थानमा सोहि ठाउँकी अन्दाजि ६० वर्षिया लोकादेवी गिरी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।

गत १० गतेदेखि परिवारको सम्पर्कमा नआएकी गिरीलाई सोमवार उक्त स्थानमा मृत फेला परेको जिसीले जनाए । यसअघि प्रहरीमा निवेदन नआएको र स्थानीयले खोजतलास गर्ने क्रममा देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए । करिब घरदेखि २ सय मिटर टाढा खरबारीमा उनको शब फेला परेको हो ।

मृतक गिरीका छोरा अन्दाजी २२ वर्षिय पदम गिरीले भने आफनै बावुलाई आमाको हत्याको आरोपमा प्रहरी कहाँ जाहेरी दिएका छन् । छोराको जाहेरीको आधारमा मृतकका श्रीमान ६५ वर्षिय खोड्स गिरीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए । घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक जिसीले जानकारी दिए । 





  • प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार १२:५३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया