गहना लुट्न बुहारीहरू मिलेर सासुको हत्या

गुल्मीकाे इस्मा गाउँपालिका-३ दर्लामचौर तल्लो सिम्पानीका दुई बुहारीले सासुको हत्या गरेका छन् । उनीहरूले गहना लुट्ने योजना बनाएर ७६ वर्षीय सासु कौशिला बिककाे हत्या गरेका हुन् । 

हत्या गर्ने बुहारीमा आफ्नै कान्छी बुहारी २३ वर्षीय देवि बिक र जेठाजुकी बुहारी २८ वर्षीय लक्ष्मी बिक रहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी मिन घलेले बताए । उनीहरूले १७ पुसको साँझ कौशिलालाई कुटपिट गरी सख्त घाइते बनाएका थिए । त्यसपछि गोठमा लगेर गाेरुले हानेको भन्दै छिमेकसँग गुहार मागेका थिए । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारकै क्रममा काैशिलाकाे मृत्यु भएको डिएसपी घलेले जानकारी दिए । 

काैशिलाका श्रीमान शेर बहादुर बिकले कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिएका छन् । त्यसपछि अनुसन्धान गर्दै स्थलगत रिर्पोट र आरोपितको बयानको आधारमा हत्या रहस्य पत्ता लागेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार १३:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया