न्युयाेर्कमा ट्रकको ठक्करबाट १० वर्षीय नेपाली बालकको मृत्यु

काठमाडौं– न्युयोर्कमा ट्रकको ठक्करबाट १० वर्षीय नेपाली बालकको मृत्यु भएको छ । घटनामा उनकी आमा गम्भीर घाइते भएकी छिन् । 

त्यहाँको फोहोर संकलन गर्ने ट्रकले ठक्कर दिँदा १० वर्षीय श्रीजल पन्थीको मृत्यु भएको हो । उनकी आमा मिन पन्थी गम्भीर घाइते भएकी छिन् । घटनालगत्तै अस्पताल पुर्याइएका श्रीजलको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

ट्रकले ठक्कर दिएपछि श्रीजलको छातीमा र मिनाको खुट्टामा कुल्चिएको थियो । 

मिना छोरा श्रीजललाई स्कुल पुर्याउन निस्किएकी थिइन् । 





  • प्रकाशित मिति : पुस २३, २०७६ बुधबार १०:२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया