इरान अमेरिका तनावको पछिल्लो टाइमलाइनः कसरी उनीहरु पुगे युद्धको सम्मुखमा ?

एजेन्सी– अमेरिका र इरानबीच अहिले विवाद उत्कर्षमा पुगेको छ । तर, यो विवाद सुरु भएको अहिले होइन । पछिल्ला केही महिनायता यी दुई देशबीच बारम्बार विवाद भइरहेको छ । 

केही दिनअघि अमेरिकाले बग्दादमा हवाइ आक्रमण गरेर इरानका उच्च तहका कमान्डर कासिम सुलेमानीको हत्या गरिदिएको छ । यसपछि इरान र अमेरिकाबीच जारी तनाव थप उत्कर्षमा पुगेको छ । 

बुधबारमात्रै इरानले इराकमा रहेका अमेरिकी सैन्य क्षेत्रमा आक्रमण गरेर ८० सैनिकको हत्या गरेको जनाएको छ । 

खासमा यहाँसम्म यी दुई देश कसरी पुगे ? 

 

एउटा टाइमलाइनः 



८ अप्रिल २०१९ मा अमेरिकाले इरानको रिभोल्युसनरी गार्ड कोरलाई आतंवादी समूह घोषणा गर्यो । उसको कुर्ड्स फोर्सलाई पनि अमेरिकाले कालो सूचीमा राख्यो । 

५ मे २०१९ मा अमेरिकाका राष्ट्रिय सल्लाहकार जोन बोल्टनले पश्चिम एशियामा आफ्नो एक विमान तथा एक बमवर्षक बल रहिरहने घोषणा गरे । 



८ मे २०१९ मा अमेरिकाको अन्तर्राष्ट्रिय सम्झौताबाट बाहिर हुने र इरानको परमाणु कार्यक्रममाथि अंकुश लगाउने तथा प्रतिबन्धलाई फेरि सुरु गरेको एक वर्षपछि तेहरानले परमाणु कार्यक्रम फेरि सुरु गर्ने धम्की दियो । अमेरिकाले यसपछि थप प्रतिबन्ध लगाएको घोषणा गरे । 

१२ मे २०१९ खाडीमा भएको रहस्यमय आक्रमणमा तीन तेल ट्यांकर मात्र होइन, चार जहाज पनि क्षतिग्रस्त भए । अमेरिकाले इरानमाथि यो आक्रमणको आरोप लगायो । 

२५ मे २०१९ मा अमेरिकाले इरानका कारण उत्पन्न भएको अवस्थाबाट माथि आउनका लागि १५ सय अतिरिक्त सैनिक पश्चिम एरियामा तैनाथ गर्ने बतायो ।

१३ जुन २०१९ मा ओमानमा रहेको नर्वे र जापानका दुई ट्यांकरमाथि आक्रमण भयो । वासिङटनले यो काममा पनि इरान जिम्मेवार हुनु पर्ने बतायो । तर, इरानले यसको खण्डन गर्यो । 

२४ जुन २०१९ मा डोनाल्ड ट्रम्पले इरानका शीष नेता आयतुल्लाह अली खमनेई तथा वरिष्ठ इरानी सैन्य नेतामाथि आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरे । 

१८ जुलाई २०१९ मा इरानी ड्रोनलाई अमेरिकी सेनाले खसालेको ट्रम्पले दाबी गरे । 

१४ सेप्टेम्बर २०१९ मा यमनका इरान समर्थित हुथी विद्रोहीले गरेको हवाइ हमलामा साउदीका दुई तेल प्रमुख उत्पादन केन्द्र आरामकोमा आक्रमण भयो । 

२० सेप्टेम्बर २०१९ मा ट्रम्पले इरानको केन्द्रीय बैंकलाई घाटा पुगोस् भनेर सबैभन्दा ठूलो प्रतिबन्धको घोषणा गरे । 

७ नोभेम्बर २०१९ मा तेहरानले आफने भूमिगत संयन्त्रमा युरोनियम संवर्धनको काम सुरु गर्यो । यो २०१५ मा भएको परमाणु सम्झौताको चौथो उल्लघंन थियो ।

२९ डिसेम्बर २०१९ मा अमेरिकाले इरानमा समर्थित एक समूहमाथि हवाइ आक्रमण गरेको थियो । त्यसमा २५ जना लडाकू मारिए ।

३१ डिसेम्बर २०१९ मा त्यो आक्रमणको विरोधमा इरान समर्थित प्रदर्शनकारीले बग्दादमा रहेको अमेरिकी दूतावास परिसरमा आक्रमण गरे । ट्रम्पले इरानले यसको ठूलो मूल्य चुकाउनु पर्ने धम्की दिए ।

३ जनवरी २०१९ मा त्यही प्रदर्शनको विरोधमा अमेरिकाले हवाइ आक्रमणमा कासिम सुलेमानीको मृत्यु भयो । यो आक्रमणका लागि ट्रम्पले नै आदेश दिएको बताइयो । 

७ जनवरी २०२० मा अमेरिकाविरुद्ध बदला लिने इरानले घोषणा गरेको थियो । 

  • प्रकाशित मिति : पुस २३, २०७६ बुधबार १४:१३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया