ए डिभिजन लिग : बराबरीमा रोकिए पुलिस र च्यासल

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युवा क्लब तथा नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् । दशरथ रंगशालमा आज भएको खेलमा च्यासल र पुलिसले २–२ गोलको बराबरी खेलेका हुन् । 

खेलको १५औँ मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए, तर पुलिसको अग्रता लामो समयसम्म टिक्न सकेन । 

खेलको १८औँ मिनेटमा च्यासलका कप्तान सन्तोष साहुखलले गोल गर्दै खेल बराबरीमा ल्याए । यो गोलसँगै सन्तोषले घरेलु लिगमा १००औँ गोल पनि पूरा गरेका थिए ।

खेलको ४०औँ मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाएका थिए । खेलको ४९औँ मिनेटमा  सन्तोषले नै च्यासलका लागि बराबरी गोल फर्काएका थिए । यो  खेलमा २ गोल गरेका सन्तोष साहुखल खेलको उत्कृष्ट खेलाडी घोषित भए । 

यो बराबरीसँगै पुलिस क्लब ५ खेलबाट ८ अंक जोडेर लिगको छैटौँ स्थानमा यथावत् छ भने च्यासल पनि समान खेलमा ५ अंक जोडेर नवौँ स्थानमा यथावत् छ । 





  • प्रकाशित मिति : पुस २३, २०७६ बुधबार १७:२१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया