कांग्रेस सभापति देउवालाई जिल्ला सभापतिहरुको सुझाब : विधानअनुसार पार्टी चलाउनुस्

काठमाडाैं– नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर विधानअनुसार पार्टी चलाउन ध्यानाकर्षण गराएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको आह्वानमा परामर्श बैठकका लागि राजधानी आएका उनीहरुलाई देउवाले बिहीबार आफ्नै निवासमा बोलाएर भेट गरेका थिए ।

जिल्ला सभापतिहरुले सभापति देउवालाई पाँचबुँदे सुझाब दिएका छन् । सुझाब पत्रमा महासमिति बैठकको निर्णय क्षेत्राधिकार बाहिर गएर केन्द्रीय समितिले उल्टाएकाले त्यसलाई सच्याउन माग गरिएको छ । 

गत पुसमा सम्पन्न महासमिति बैठकले पार्टी महाधिवेशनमा सबैजना पार्टीको वडा तहबाट नै निर्वाचित भएर आउनुपर्ने र समानुपातिक तथा आरक्षण कोटामा एक व्यक्ति, एकपटक मात्रै अवसरको व्यवस्था लागू हुने सहमति भएको थियो । 

पार्टीको महाधिवेशनको निर्णय केन्द्रीय समितिको पूर्ण बैठकले गरिनुपर्ने परम्पराविपरीत बहुमतका आधारमा १४औँ महाधिवेशन कार्यतालिका ल्याएकोमा आपत्ति जनाउँदै उनीहरुले यसलाई तत्काल सच्याउन माग गरेका छन् । 

पार्टीभित्र भागबन्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने जिल्ला सभापतिहरुको सुझाब छ । जिल्ला सभापतिहरुको सुझाबपत्र बुझ्दै देउवाले आफू सबैलाई मिलाएर लैजान सहमत रहेको बताएक थिए । 





  • प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार १५:४८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया