लेखापरीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीलाई बन्द गर्ने चेतावनी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लेखापरीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीहरुलाई बन्द गर्ने चेतावनी दिएकी छिन् ।

राष्ट्रिय सहकारी महासंघको २७औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले निष्क्रिय रहेको संस्थालाई तुरुन्त बन्द गर्ने प्रक्रिया अघि बढाइने बताइन् ।

‘एक घर एक सहकारी सदस्य’ अभियान चलाउन आग्रह गर्दै उनले सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने बताइन् । मन्त्री अर्यालले राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि एउटा बलियो खम्बा सहकारी भएको बताइन् ।

राज्यले सहकारीलाई अर्थतन्त्र निर्माणको खम्बा मानेको र व्यवहारले पनि त्यो पुष्टि भएको उनको भनाइ छ । मन्त्री अर्यालले सहकारीहरुको संख्या बढाउनुभन्दा आफ्नो कार्यक्षेत्र विस्तार गर्न आग्रह गरिन् । 





  • प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार १६:२६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया