नेप्सेमा सामान्य अंकले वृद्धि

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले बढेको छ । साताको तीन दिन बजार बढेर बुधबार सामान्य अंकले घटेको नेप्सेमा बिहीबार भने झिनो अंकको सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.५१ले वृद्धि भई एक हजार २१३.११ मा पुगेको हो ।

यस्तै, सेन्सेटिभ परिसूचक ०.९५ले वृद्धि भई २६४.२६मा पुगेको छ । नेप्सेमा जस्तै सुधार कारोवार रकममा पनि देखिएको छ । कुल १ सय ७७ कम्पनीको ३८ लाख ४९ हजार ७ सय २२ कित्ता शेयर ८३ करोड ७० लाख ३५ हजार ७ सय ५७ मूल्यमा खरिद–बिक्री भए । 

नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागे । बैंकिङ १.४२, होटल ६.३९, जलविद्युत् १.०५, वित्त ०.३४, उत्पादन १०.५१, अन्य २.५६ र सामूहिक लगानी कोष ०.०७ ले घट्दा व्यापार ४.२५, विकास बैंक ६.७९, निर्जीवन बिमा ९५.४१, लघुवित्त ६३ र जीवन बिमा १९.१२ ले बढेको छ । 

कारोवारका आधारमा सिभिल बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको संस्थापक शेयर मात्रै २० करोड १८ लाख ८८ हजार १ सयको कारोवार भयो । गरिमा विकास लघुवित्त वित्तीय संस्था दुई करोड ३६ लाख २४ हजार १८, डिप्रोक्स लघुवित्त वित्तीय संस्था दुई करोड २४ लाख ३३ हजार ५ सय १८, फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक एक करोड ७० लाख २७ हजार ६ सय २, बोमी माइक्रोफाइनान्स वित्तीय संस्था एक करोड ६८ लाख २८ हजार १ सय ८, साना किसान विकास बैंक रु एक करोड ५८ लाख २४ हजार ३ सय ४३ र प्रभु बैंकको एक करोड ५४ लाख ७८ हजार १ सय ६५ बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।
 
नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.९८, समता माइक्रोफाइनान्स वित्तीय संस्था ९.९०, घोडीघोडा लघुवित्त वित्तीय संस्था ९.८६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ९.४९, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.३३ र सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.१० प्रतिशतले कमाए ।
     
त्यस्तै, रिलायन्स फाइनान्स ५.७३, राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संस्थापक शेयर ४.८७, सेन्ट्रल फाइनान्स ३.७८, हिमालयन पावर पार्टनर २.६६, नेपाल इन्स्योरेन्स कम्पनी २.५१ र अरुण भ्याली हाइड्रोपावरका शेयरधनीले २.१५ प्रतिशतले गुमाए ।





  • प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार १७:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया