हिमपातका कारण अत्याधिक चिसो बढेपछि डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरूमा ६ दिन बिदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले चिसोका कारण विद्यार्थीलाई विद्यालय आवतजावत तथा पठनपाठन गर्न कठिनाइ भएको भन्दै विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । चिसोले बालबालिकाको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने देखिएकाले बिद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख मञ्जु मलासीले जानकारी दिए ।
नगरपालिकाले प्रकाशित गरेको सूचनामा मौसम प्रतिकुलताका कारण विद्यालयहरू २५ पुसदेखि १ माघसम्म बन्द गर्ने निर्णय गरिएको उल्लेख छ । सूचनामा संस्थागत विद्यालयको हकमा भने कुनै कुरा उल्लेख गरिएको छैन । दिपायल सिलगढी नगरपालिकाभित्र ४० वटा सामुदायिक र १८ वटा संस्थागत विद्यालय छन् । बिहीबार डोटीको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस र अधिकतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।