एजेन्सी– केही दिनअघि इरानमा उडान भर्नेवित्तिकै दुर्घटनाग्रस्त भएको युक्रेनी विमान प्राविधिक गडबढीका कारण दुर्घटनामा परेको विश्वास गरिएको थियो । तर, युक्रेनका उच्च अधिकारीले यस विषयमा नयाँ अभिव्यक्ति दिएका छन् जसले गर्दा यो दुर्घटना थप रहस्यमय बनेको छ ।
युक्रेनका उच्च सुरक्षा अधिकारीले १७६ यात्रु सवार त्यो विमान दुर्घटनामा पर्नुमा रुसी मिसाइल कारक हुनसक्ने बताएका छन् ।
विमान दुर्घटनाबारे छानबिन गर्न युक्रेनबाट ४५ जनाको एउटा टोली इरानको राजधानी पुगेको छ ।
उता, युक्रेनमा पत्रकारहरुसँग देशका राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा परिषद्का सचिव ओलेक्सी डानिलोभले यो दुर्घटनामा रुसी मिसाइल आक्रमण हुनसक्ने बताएका छन् ।
‘विमानमा एउटा मिसाइल ठोकिएको थियो,’ उनको भनाइलाई अन्तर्राष्ट्रिय सन्चारमाध्यमले उद्धृत गरेका छन्, ‘यसबारे अनुसन्धान हुनुपर्छ ।’ उनले त्यो मिसाइल रुसले इरानलाई दिएको वा रुसले नै प्रहार गरेको हुनसक्ने पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।