गोरखा– पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्ती पुस २७ गते गोरखा जिल्लाका ४ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको सम्म्मानमा स्थानीय तहले बिदा घोषणा गरेका हुन् ।
सदरमुकामसमेत रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
स्थानीय तहहरुले बिदा दिनुका साथै केही पृथ्वीजयन्तीमा केही कार्यक्रम पनि राखेका छन् । गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्यविस्तार गरी नेपाल एकीकरण गरेकाले उनको कदर गर्दै बिदा दिएको स्थानीय तहहरुले बताएका छन् ।
गोरखा नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा दुई दिने कार्यक्रम राखेको छ भने पालुङटार नगरपालिकाले लिगलिगकोटमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
भीमसेन थापा गाउँपालिकाले भने पुस २७ गते प्रभातफेरि आयोजना गरेको छ । त्यसैगरी, सिरानचोक गाउँपालिकाले बिदा दिए पनि अन्य औपचारिक कार्यक्रम राखेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।