सरकार जनवादी सत्ता स्थापनामा केन्द्रित : प्रदीप पौडेल

ललितपुर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा नेतृत्वको वर्तमान सरकार जनवादी सत्ता स्थापनामा केन्द्रित हुँदै गएको आरोप लगाएका छन् । 

गिरिजाप्रसाद कोइराला फाउण्डेसनको आयोजनामा ललितपुरमा भएको ‘बृहत् शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालाको नेतृत्वदायी भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सरकारमा जनवादी सत्ताको सोच हावी भएको बताए । 

वर्तमान सरकारले लोकतान्त्रिक गणतन्त्रको न्यूनतम मापदण्डसमेत पालना नगरेको आरोप लगाउँदै उनले समग्र शान्ति प्रक्रिया नै जोखिममा पर्ने खतरा बढेको औँल्याए । पौडेलले भने, ‘गिरिजाप्रसाद कोइरालाको संगतका कारण लोकतान्त्रिक शक्ति बनेका पार्टी नै अहिले लोकतन्त्रको धज्जी उडाउन लागि परेका छन् ।’

कम्युनिष्ट सर्वसत्तावादविरुद्ध लड्नुको विकल्प नभएकाले सबै प्रजातान्त्रिक शक्ति एक हुनुपर्ने भन्दै उनले पार्टीमा गुटगत राजनीति हावी भएकोमा चिन्ता व्यक्त गरे ।  

उनले विपी कोइरालाको सैद्धान्तिक अवधारणालाई व्यवहारमा उतार्ने काम गिरिजाप्रसाद कोइरालाले नै गरेको स्मरण गर्दै पौडेलले अतिवादी राजनीतिको शान्तिपूर्ण अवतरणमा कोइरालाको भूमिकाको उच्च मूल्यांकन गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार १७:२९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया